कसरी पो भन्नु अझै होला परिवर्तन
ढुक्क परी बस्नु कैले, कैले होला मन
पैले झै पो नबनुन् बादर झै चकचक
विकासको मार्ग तिर चलुन् टकटक।
रासनले पेट भर्ने रिति अब चलुन्
कामकुरो झटपट गर्ने खाल्को बनुन्
बिकासको तल्ला अब थप्दै थप्दै जाऊँ
भरोसाको डोरीलाई टुट्न अब नदिऊँ ।
नातावाद कृपावाद चाकडीवाद हटोस्
संसदको टेवल कुर्सी अब न भाचोस्
धुन्धुकारी स्याल मोरा सबै मरुन् अब
देश द्रोह गर्नेहरू फाँसी चडुन् अब ।
साहित्यमा पनि त्यसै घुन्दुकारी जाग्छन्
सघाउने कहाँ हो कहाँ रनभुल्ल पार्छन्
गर्न छोड्नु पर्यो झै छ साहित्यको रहर
फोहोर डँगुर पसेर पो बनी सक्यो कहर ।
यताउती स्याउस्याउति चोरहरू बडे
अर्काको रचनालाई तोड्माेड गरे
उसैको छ बोलबाला सम्मेलन र मञ्च
राम्रा सच्चा लेखक चै बनेकाछन् लन्ठ ।

