म पराजय चाहन्छु
मृत्यु युद्ध चाहन्छ।
म थाकेर असहाय हुन्छु
मृत्यु आफ्नो शक्ति देखाउँछ।
आशाको दियो धेरैपल्ट जलाएँ
हावाको वेगले बल्नै दिएन।
वरदानको ढोका धेरै धकधकाएँ
भगवान् ध्यानबाट उठ्दै उठेनन्।
जीवन माग्नेहरू धेरै देखेँ
म मृत्यु मागिरहेँ।
बाँच्ने रहर गर्नेहरू देखेँ
म मृत्युशैया रोजिरहेँ।
म लडिरहेँ, थाकिरहेँ…
पराजय र मृत्यु मागिरहेँ।

