साहित्यपोस्ट-नपढी सुखै छैन...

कविता : नियतीको नियत

कविता : नियतीको नियत

भन्छन् नियतीले नियत कोर्दछ
तर यदि नियतीमै लेखिएको हो भने
नियत नायक कि खलनायक ?

सानो छँदा डाक्टर बन्छु भनी, चिरफार गर्ने चाह
ठूलो भएपछि शब्द चिर्छु, कागज–कलम नै मेरा सहारा ।
भविष्यलाई रङ्गीबिरङ्गी बनाउने थियो चाहना
अहिले बुझियो रङ्ग त कालो पनि हो !
यो रङ्गमा आफू रङ्गिनु पर्ने नै रहेछ ।

केही नमिल्दा, दुई थोपा आँसुमा रिस घोली
हाँसो निकाल्ने त्यो योजना
आज जीवन हाँसो र रोदनको बीचमा घोलिनु पर्ने अवस्था ।

आफ्ना इच्छालाई उडान दिनुपर्छ भन्ने नियत
तर नियतीको खेल त हेर
इच्छा–आकाङ्क्षा विपरीत घुम्ने कालचक्र ।

नियत जेसुकै होस् नायक या खलनायक !
जीवनले परिस्थितिको वैशाखी टेक्दो रहेछ
सायद यो अनिश्चितताको पासामा
नियतीले नियतको खेल चालिरहन्छ ।

साझा गर्नुहोस्:

प्रतिक्रिया र टिप्पणीका लागि लगइन चाहिन्छ।

यो पढेर तपाईंलाई कस्तो महसुस भयो?

टिप्पणीहरू

अहिले कुनै टिप्पणी छैन। पहिलो टिप्पणी तपाईं नै गर्नुहोस्।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.