साहित्यपोस्ट डट कम

कविता : नयाँ साल २०८३

कविता : नयाँ साल २०८३

साल नयाँ

सुरताल नयाँ

जीवनमा रङ्ग–गुलाल नयाँ !

हर्ष नयाँ

सङ्घर्ष नयाँ

जीवनमा उत्कर्ष नयाँ !

ज्ञान नयाँ

विज्ञान नयाँ

जीवनमा मुस्कान नयाँ !

श्रुति नयाँ

कृति नयाँ

जीवनमा सुकीर्ति नयाँ !

आचार नयाँ

सञ्चार नयाँ

जीवनमा सुविचार नयाँ !

विश्वास नयाँ

आकास नयाँ

जीवनमा प्रकाश नयाँ !

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.