साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका । साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च ।

कविता : नारी

कविता : नारी

एउटा आशाको खोजीमा

सात समुद्र तर्न सक्छु

एउटा विश्वासको निम्ति

सिङ्गो जीवन अर्पण सक्छु ।

म एउटा जीवनको लागि

सयौँ दुःखका पहाड चढ्न सक्छु

म एउटा सत्यको लागि

कोटी झुटको सामना गर्न सक्छु ।

म अँध्यारोमा बाँच्नेहरूका लागि

भ्रमका पर्दाहरू च्यातेर

बस्ती-बस्तीमा

उत्साहका किरणहरू छर्न सक्छु ।

म एउटा तथ्यको लागि

दुनियाँ रिझाएर, रुवाएर

तीन लोक, चौध भुवन

डुल्न सक्छु ।

म सृष्टि रचनाका खातिर

ममता र सहनशीलताको

खेती गरेर

नवजीवन उमार्न सक्छु ।

निरीह नसम्झ मलाई

पाउमा नेल ठोकेर

बन्धनका जन्जिरले

नबाँध मलाई ।

किनकि

म नारी हुँ

अस्मिताका लागि

एकै निमेषमा

संसार निल्न सक्छु

ओकल्न सक्छु ।

साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका । साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च ।
शब्द मिडिया प्रा. लि. काैशलटार चाेक, भक्तपुर
सञ्चार रजिष्टरको कार्यालय दर्ता नं. ०००३६
प्रेस काउन्सिल दर्ता नं. ००७१४
फोन नंः: ९८५१०९७८८८
अश्विनी कोइराला
प्रधानसम्पादक
कृष्ण ढुङ्गेल
सम्पादक
प्रकाश पौडेल "माइला"
सर्वज्ञ वाग्ले
संरक्षक

लेख रचना पठाउन : यहाँबाट पठाउनुहोस् sahityapost2020@gmail.com

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.