पढेको छोरो दस वर्षदेखि साथ छैन
प्लस टु पढ्न गाउँ छोड्यो
ब्याचलर गर्न सहर झर्यो ।
अहिले जागिर गर्न घरबाट
टाढा एक्लै बस्दै छ ।
बन्नुपर्छ, गर्नुपर्छ भनेर सिकाएको मैले नै हो ।
ठुलो विश्वास र उठाउन नसकिने भारी बोकेर होला
आज घर चिन्न जानेन उसले ।
नपढेको छोरो घरमै छ
सँगै छ! दुःख–सुख हुँदा हात बटार्छ
सन्चो–बिसन्चो हुँदा हात डोर्याएर हिँड्छ।
चुलोचौको गर्छ, घर स्याहार्छ
घरको इज्जत बनेको छ ।
आफ्नी आमाको चिन्ता
विश्वासिलो पात्र अनि ‘नानी’ बनेको छ ।
हरेक पटक घर एक्लै हुँदा उ छ
ऊसँग घर छ र पो घर सुन्दर बनेको छ।
बा भन्नुहुन्छ होला सायद
छोरो पढाऊँ साथ हुन्न
नपढाऊँ इज्जत हुन्न ।

