मन सानै भएको भए
न बेसरी खाने मन हुन्थ्यो
न बेसरी पिउने मन हुन्थ्यो
न बेसरी हेर्ने मन हुन्थ्यो
न बेसरी देखाउने मन हुन्थ्यो।
न बेसरी फकाउने मन हुन्थ्यो,
न बेसरी सताउने मन हुन्थ्यो,
न बेसरी कमाउने मन हुन्थ्यो,
न बेसरी जमाउने मन हुन्थ्यो।
न बेसरी खेल्ने मन हुन्थ्यो,
न बेसरी खेलाउने मन हुन्थ्यो,
न बेसरी भन्ने मन हुन्थ्यो,
न बेसरी गन्ने मन हुन्थ्यो।
न कुराचार हुन्थ्यो
यति धेरै,
न दुराचार हुन्थ्यो
यति धेरै।
न चोरी हुन्थ्यो
यति धेरै,
न चाकरी हुन्थ्यो
यति धेरै।
न पक्षपात हुन्थ्यो
यति धेरै,
न लक्ष्यघात हुन्थ्यो
यति धेरै।
न यत्रोविधि
लुट हुन्थ्यो,
न यत्रोविधि
फुट हुन्थ्यो।
न कसैले
अति गर्थ्यो,
न कसैले
अतिचार
सहनुपथ्र्यो।
न ठूला–ठूला
काण्डहरू हुन्थे,
न त
प्रकाण्ड
विद्वान्हरू पनि
बिग्रन्थे।
मन त सानै भएको भए
बरु सन्तुष्टि पनि
बढी हुन्थ्यो,
मानिस पनि
धेरै सभ्य हुन्थ्यो,
समाज पनि
धेरै भव्य हुन्थ्यो।
स्रोत–साधनको
दुरुपयोग पनि
निश्चित रूपमै
कम हुन्थ्यो।
अबदेखि त प्रभुजी!
दुख्दा पनि थोरै दुख्ने
मन त सानै देऊ है ।

