साहित्यपोस्ट डट कम

कविता : मन त सानै राम्रो

कविता : मन त सानै राम्रो

मन सानै भएको भए

न बेसरी खाने मन हुन्थ्यो

न बेसरी पिउने मन हुन्थ्यो

न बेसरी हेर्ने मन हुन्थ्यो

न बेसरी देखाउने मन हुन्थ्यो।

न बेसरी फकाउने मन हुन्थ्यो,

न बेसरी सताउने मन हुन्थ्यो,

न बेसरी कमाउने मन हुन्थ्यो,

न बेसरी जमाउने मन हुन्थ्यो।

न बेसरी खेल्ने मन हुन्थ्यो,

न बेसरी खेलाउने मन हुन्थ्यो,

न बेसरी भन्ने मन हुन्थ्यो,

न बेसरी गन्ने मन हुन्थ्यो।

न कुराचार हुन्थ्यो

यति धेरै,

न दुराचार हुन्थ्यो

यति धेरै।

न चोरी हुन्थ्यो

यति धेरै,

न चाकरी हुन्थ्यो

यति धेरै।

न पक्षपात हुन्थ्यो

यति धेरै,

न लक्ष्यघात हुन्थ्यो

यति धेरै।

न यत्रोविधि

लुट हुन्थ्यो,

न यत्रोविधि

फुट हुन्थ्यो।

न कसैले

अति गर्थ्यो,

न कसैले

अतिचार

सहनुपथ्र्यो।

न ठूला–ठूला

काण्डहरू हुन्थे,

न त

प्रकाण्ड

विद्वान्हरू पनि

बिग्रन्थे।

मन त सानै भएको भए

बरु सन्तुष्टि पनि

बढी हुन्थ्यो,

मानिस पनि

धेरै सभ्य हुन्थ्यो,

समाज पनि

धेरै भव्य हुन्थ्यो।

स्रोत–साधनको

दुरुपयोग पनि

निश्चित रूपमै

कम हुन्थ्यो।

अबदेखि त प्रभुजी!

दुख्दा पनि थोरै दुख्ने

मन त सानै देऊ है ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.