साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका । साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च ।

कविता : मन मरुभूमि भएपछि

कविता : मन मरुभूमि भएपछि

मुस्कुराइरहेको मृदुल मन

एकाएक मरुभूमि भएपछि

मस्तिष्कको उज्यालो घामलाई

तुरुन्तै कालो बादलले छेक्दो रहेछ ।

मनले सीमाको दशगजा मिचेपछि

मनले आफ्नै मनको पराकाष्ठा नाघेपछि

मन आफैँ मरुस्थल बन्दो रहेछ ।

अकस्मात् मन मरुभूमि भएपछि

मस्तिष्कको मुटु झन् निरङ्कुश बन्दो रहेछ

अनि मान्छे आफ्नै नमुना बुख्याँचा

र बुख्याँचा मान्छे जस्तो बन्दो रहेछ ।

होसियार हुनुस् मान्छेहरू !

विश्वासको आदिम मुहान मनले

र सम्बन्धको पुल मनभित्रको तनले

एक्कासि रातारात जादुमय बनेपछि

मन स्वतःस्फूर्त मरुभूमि भएपछि

पृथ्वी उल्टो घुमेको जस्तो लाग्न सक्छ

नदी समुद्रबाट हिमालतिर बगेको भान पर्न सक्छ

आगो हिउँजस्तो चिसो महसुस हुन सक्छ

बहिरहेको बतास स्थिर हुन्छ भन्ने भ्रम जाग्न सक्छ

असत्यलाई पनि सत्य हो भन्ने भ्रम पर्न सक्छ ।

सावधान रहनुस् मान्छेका सन्ततिहरू !

मन उल्टिएर बदलाव आएपछि

एकाएक अकारण मन मरुभूमि भएपछि

दृष्टिकोणमा दृष्टिभ्रम पर्न सक्छ

मनको आर्किटेक्चरमा उत्परिवर्तन आउन सक्छ

मनको आँखामा झलक्क मिराज देखिन सक्छ ।

मनभित्रै मनले आत्मसमर्पण गरेपछि

साबिकको शिरलाई खुट्टा र

साबिकको खुट्टालाई शिरजस्तो लाग्न सक्छ ।

साझा गर्नुहोस्:
साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका । साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च ।
शब्द मिडिया प्रा. लि. काैशलटार चाेक, भक्तपुर
सञ्चार रजिष्टरको कार्यालय दर्ता नं. ०००३६
प्रेस काउन्सिल दर्ता नं. ००७१४
फोन नंः: ९८५१०९७८८८
अश्विनी कोइराला
प्रधानसम्पादक
कृष्ण ढुङ्गेल
सम्पादक
प्रकाश पौडेल "माइला"
सर्वज्ञ वाग्ले
संरक्षक

लेख रचना पठाउन : यहाँबाट पठाउनुहोस् sahityapost2020@gmail.com

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.