साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका। साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च।

कविता : मलाई कसैको बन्नु छैन

कविता : मलाई कसैको बन्नु छैन

मलाई कसैको बन्नु छैन

भन्न पनि नपाइने भयो

यहाँ “स्वतन्त्र” व्यक्ति

पनि पार्टी भइसक्यो।

मलाई म हुन नदिने एक उनी पनि हुन्

जहिल्यै “राम्रो म”

भनेर तारिफ गरिरहन्छिन् ।

मलाई मेरो आफ्नै बन्न नदिने

अर्को तँ पनि होस्

सधैँ पिएपछि सम्झिँदै भन्छस्

“तँ त मेरो जिग्री होस्!”

बुझ न यार !

मलाई म आफैँको पनि बन्नु छैन,

“म–म” भनेर भन्दा पनि मासागल्लीका

नारायण दाइको मम पसलको सम्झना आउँछ ।

म कसैको होइन भन्यो

आमाले “मेरो छोरो होस्” भन्छिन्,

बाले “मेरो उत्तराधिकारी होस्” भन्नुहुन्छ,

दिदीले “मेरो साने” भन्छिन्,

दाइले “मेरो भाइ” भन्छ ।

समाजको हुन जात चाहिन्छ

धर्म चाहिन्छ म असलहरूको हुँ भन्न

पहिले खराबहरूसँग सङ्गत गर्नुपर्छ ।

लेखक हुन किताब चाहिन्छ

उनीको हुन प्रमाण चाहिन्छ ।

आखिर म हुँ कसको ?

यति बुझ्न नसकेर कविता लेखेको

मलाई म हुन नदिने अर्को

यो कविता पनि हो ।

साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका। साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च।
शब्द मिडिया प्रा. लि. काैसलटार चाेक, भक्तपुर
( वडा नम्बर ३ काे कार्यालयसँगै )
सञ्चार रजिष्टरको कार्यालय दर्ता नं. ०००३६
प्रेस काउन्सिल दर्ता नं. ००७१४
फोन नंः: ९८५१०९७८८८
अश्विनी कोइराला
प्रधानसम्पादक
कृष्ण ढुङ्गेल
सम्पादक
प्रकाश पौडेल "माइला"
सर्वज्ञ वाग्ले
संरक्षक

लेख रचना पठाउन : यहाँबाट पठाउनुहोस् · sahityapost2020@gmail.com

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.