साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका । साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च ।

कविता : म के गरूँ ?

कविता : म के गरूँ ?

शब्द लेखूँ कि सङ्गीत भरूँ
चित्र कोरूँ कि मूर्ति कुँदूँ
इतिहासका पानामा
छुटेका ती कथाहरू भन्न
कलाको कुन आयाम प्रयोग गरूँ म ?

समयलाई धिक्कारूँ कि ईश्वरलाई पुकारूँ
सडकमा चिच्याऊँ कि पत्थरझैँ मौन बसूँ
फाटेका यी मनहरू जोड्न
अभिव्यक्तिको कुन माध्यम प्रयोग गरूँ म ?

खाएर निलूँ कि घोटेर लगाऊँ
डाक्टरलाई देखाऊँ कि वैद्यलाई भेटूँ
समयको यो विकार निदान गर्न
उपचारको कुन विधि गरूँ म ?

श्रव्यदृश्य बनाऊँ कि अभिनय गरूँ
बहुजनको अनुयायी बनूँ कि सत्यको उदाहरण बनूँ
मानिसलाई मानिस हौ भनेर बुझाउन
सञ्चारको कुन प्रविधि प्रयोग गरूँ म ?

साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका । साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च ।
शब्द मिडिया प्रा. लि. काैशलटार चाेक, भक्तपुर
सञ्चार रजिष्टरको कार्यालय दर्ता नं. ०००३६
प्रेस काउन्सिल दर्ता नं. ००७१४
फोन नंः: ९८५१०९७८८८
अश्विनी कोइराला
प्रधानसम्पादक
कृष्ण ढुङ्गेल
सम्पादक
प्रकाश पौडेल "माइला"
सर्वज्ञ वाग्ले
संरक्षक

लेख रचना पठाउन : यहाँबाट पठाउनुहोस् sahityapost2020@gmail.com

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.