१.
लेख : सूत्रसँगै
बोल : सन्दर्भसँगै ।
सूत्रले ‘सटिक’ बनाउँछ
संश्लेषण ‘सुयोग्य’ हुन्छ ।
सन्दर्भले ‘सुबोध’ बनाउँछ
धरातलीय र पारिस्थितिकीय मिलाउँछ ।
२.
लेख्नु ‘आफ्ना लागि’ हो
बोल्नु ‘अरूका लागि’ हो ।
लेख्दा : ‘आत्मचित्र प्रकट’ हुने
अरूलाई ‘क्लिष्ट’ पनि हुन सक्छ ।
बोल्दा : श्रोताका लागि सहज होस्
खोज्नेका लागि सम्पदा होस् ।
३.
खोज्नेले पनि लेख्दा
सूत्रबद्ध निको हुन्छ।
प्रबुद्धमा ‘कृति, धृति र स्मृति’ विस्तार गर्न
इडा, पिङ्गलामा सुसुम्ना घोलिए झैँ
त्रिशूला–त्रिभुजा थालीमै पस्किनुपर्छ।

