साहित्यपोस्ट डट कम

कविता : लेखकलाई पत्र

कविता : लेखकलाई पत्र

१.

लेख : सूत्रसँगै

बोल : सन्दर्भसँगै ।

सूत्रले ‘सटिक’ बनाउँछ

संश्लेषण ‘सुयोग्य’ हुन्छ ।

सन्दर्भले ‘सुबोध’ बनाउँछ

धरातलीय र पारिस्थितिकीय मिलाउँछ ।

२.

लेख्नु ‘आफ्ना लागि’ हो

बोल्नु ‘अरूका लागि’ हो ।

लेख्दा : ‘आत्मचित्र प्रकट’ हुने

अरूलाई ‘क्लिष्ट’ पनि हुन सक्छ ।

बोल्दा : श्रोताका लागि सहज होस्

खोज्नेका लागि सम्पदा होस् ।

३.

खोज्नेले पनि लेख्दा

सूत्रबद्ध निको हुन्छ।

प्रबुद्धमा ‘कृति, धृति र स्मृति’ विस्तार गर्न

इडा, पिङ्गलामा सुसुम्ना घोलिए झैँ

त्रिशूला–त्रिभुजा थालीमै पस्किनुपर्छ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.