साहित्यपोस्ट डट कम

कविता : जिन्दगी

कविता : जिन्दगी

भावनालाई नरोक

भावनालाई नछेक

के छ र लिनु दुनियाँबाट ?

आफ्नै अस्तित्व नमेट ।

पर्दा छ आँखामा

बन्द छ मुटु पनि

जिउँछौ जीवन साखमा

जीवन नै नदेखी ।

हात दिनेलाई

काँध देऊ

बाटो देखाउनेलाई

रहस्य खोलिदेऊ ।

एकले अघि बढाए

अर्कोले हात पक्रिदेऊ

जिन्दगी फूल हो सुवासको

सयौँ पत्र-पत्र फक्रिन देऊ ।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.