साहित्यपोस्ट डट कम

कविता : जीवनको कथा–व्यथा

कविता : जीवनको कथा–व्यथा

न मेरो कथामा कुनै उमङ्ग छ

न रोमाञ्चक कुनै उत्कर्ष छ

न जीवनको कुनै निष्कर्ष छ ।

तिरस्कृत छु सबैको नजरमा

ओइलाएका छन् सपनाहरू बगरमा ।

खै, मेरो आत्मा केको खोजीमा छ ?

अन्योलको मकहाँ मनमौजी छ ।

आँखाबाट आँसु रसाइरहन्छ

असहायपनले मन छटपटाइरहन्छ ।

ढुङ्गे मुटुका हुलमा हराएको छु

न बाटो ठम्याएको छु, न बिराएको छु ।

कहालीलाग्दा रात बिताउनु कसोरी ?

मनको तुफान सम्हाल्नु कसोरी ?

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.