साहित्यपोस्ट-नपढी सुखै छैन...

कविता : झ्योमोलाङमा

कविता : झ्योमोलाङमा

झ्योमोलाङमा पग्लिन थालेपछि
खुम्बु आइसफलभित्रबाट
खुम्बु खोला जन्मन्छ ।

खुम्बु आइसफल र खोलाको कथा हेर्न
कोही हेलिकप्टरको गर्जन चढेर
पुग्छ त्यहाँ ।

हेलिकप्टरको धुवाँले पोतिन्छ
झ्योमोलाङमाको चेहरा ।
दुःखी हुनुको सट्टा
हेलिकप्टरभित्र आवाज गुन्जिन्छ

"मज्जा आयो
कस्तो देखियो झ्योमोलाङमा !"

अनि त्यही गर्जनसँगै
सहर फर्किन्छ ऊ
सुनाउन थाल्छ
विश्वव्यापीकरणको कथा ।

सबैले झ्योमोलाङमाको शिखर देखे
तर
कसैले पीडा देखेन ।

 शब्द–अर्थ (शेर्पा भाषा )
झ्योमोलाङमा : सगरमाथा

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.