साहित्यपोस्ट डट कम

कविता : जराग्रस्त समय

कविता : जराग्रस्त समय

धुवाँले धमिलो

शहरतिर

आँधीको सङ्केत

मृत्यु–घण्टामा कम्पित समय ।

क्षीण नदी

पहाडले खसालेका ढुङ्गाहरूका

आर्तनाद

धूसर आकाश

महानगरको फोहोरको

थुप्रोमा

सभ्यताको दाम्भिक झण्डा

जङ्गलका जन्तुहरू

जन–अरण्यमा आतुर ।

दौडको कस्तो मायावी नशा !

नशामा हराएको छ

बाँचिरहने मादकता ।

हाँसो फुल्ने ओठहरू

मुसे दौडमा फिक्का परेका छन् ।

पारिजात फूल बटुलेका

दिनहरू

केवल सम्झना मात्र भइरहे

साउनले ल्याउन सक्ला र ?

असोजको खेतसम्म लहर ।

बलौटे बगरमा जराजीर्ण स्मृति ।

यहाँ एउटा नदी थियो ।

मूल असमिया पर्या–कविता: मिना देवी बरुवा

अनुवाद: डा. देवेन सापकोटा

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.