साहित्यपोस्ट-नपढी सुखै छैन...

कविता : जनता

कविता : जनता

सम्राटहरूलाई दिन मिलेन भोट

आशीष दिइयो

आशीषले ऊ बेस्सरी मात्तियो

नेताज्यूहरूलाई हुँदैन आशीषले

र, भोट दिइयो

भोटले ऊ बेफिक्री मात्तियो

काँल्दाइ,

हामी समस्या र दुःखले आत्तिएकाहरू

यी मात्तिएकाहरूबाट

सधैं सधैं नै आहत हुँदै

पेलिँदै र थिचिँदै

ज्ञानी जनता बन्दा रहेछौं ।

ट्याग: सुरेश राई
साझा गर्नुहोस्:

यो पढेर तपाईंलाई कस्तो महसुस भयो?

आफ्नो विचार राख्नुहोस्!

अहिले नै लगइन गरेर तपाईंको प्रतिक्रिया दिनुहोस् र संवादमा सहभागी बन्नुहोस्।

सुरेश राई

लेखकको बारेमा

सुरेश राई

थप रचनाहरू पढ्नुहोस् →

खोटाङमा जन्मिएका सुरेश राई हाल वैदेशिक रोजगारीको सिलसिलामा कोरियामा हुनुहुन्छ । उहाँ कलाका विविध विधामा पोखिन रुचाउनुहुन्छ । कविता, कथा, गायन, गीत र वाद्यवादन आदि कलात्मक प्रस्तुतिमा उहाँको सक्रियता छ । उहाँको कवितासंग्रह `सम्झनाको फोटोकपी´का साथै गीत तथा म्युजिक भिडियोहरू प्रकाशित छन् ।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.