जाडो मात्र भएर त
नपुग्ला है हजुर, जाडो मनाउन !
त्यसका लागि त
न्यानो कपडा उनी चाहिएला
बोतलमा सिलमारेको पानी
अलिक गुनी चाहिएला ।
छेवैमा एउटा सानो तर नपुत्पुताउने
धुनी चाहिएला
र, सबैभन्दा गाँठी कुरो त हजुर
एउटा खिरिलो
खै, के हो कुन्नि चाहिएला
अनि मात्र जाडो
मज्जाले मनाइएला ।

