साहित्यपोस्ट डट कम

कविता : हुन्छ

कविता : हुन्छ

नेत्र १ :

तिम्रो बाटो घुमाउरो लेखिदिन्छु

तिम्रो दिन पृथ्वीको कक्षतिर सारिदिन्छु।

अनुहारभरि ग्रहणको चित्र भरिदिन्छु

हात बाँझो पारिदिन्छु ।

झोलाभरि ओखती खाने बनाइदिन्छु

खोलाभरि बग्ने आँसु झारिदिन्छु ।

नेत्र २ :

हस् हुन्छ …

तिम्रो काम नआत्तिई गर्नू

छातीभरि लामो सास भर्नू ।

बन्द आँखाले आफ्नो नाम पढ्नू

तिमीले

आफूलाई चिनेको दिन

मेरो अनुहारमा सारा ब्रह्माण्ड देख्नेछौ ।

तिमीलाई थाहा छ ?

मेरो नाम ‘मुस्कान’ हो नि …

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.