साहित्यपोस्ट डट कम

कविता : हितैषी मित्र

कविता : हितैषी मित्र

गायत्री कुलुङ ‘पूर्वेली कान्छा’

समय चक्रले जीवनको बोक्रा तासिरहन्छ

म बितेका पलहरू सम्झिरहन्छु ।

कहाँ छुटे मेरा हितैषी मित्रहरू ?

सम्झन्छु

कोही पाठशालामै छुटे

कोही घरदेशमै छुटे

कोही सङ्घर्षको यात्रामा छुटे ।

सबै–सबैलाई सम्झन भ्याउँछु

तर अझै एक जना हितैषी मित्रको नाम बिर्सन्छु ।

बल्ल झल्यास्स याद आउँछ

त्यो नाम त मेरो आफ्नै पो रहेछ !

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.