तिमीलाई सहर जान
बसपार्कसम्म छोडेर आएपछि
राती अबेरसम्म
म लुकेर खुब रोएँ
ताडीले मातिएका मेरा "बाबुजी” ले
त्यो थाहा पाएपछि
भिजेकाे मेरो सम्पूर्ण अनुहार
स्नेहले पुछिदिँदै भने
"रे बौआ न' रो सुत
उ मालिकको बच्ची हो
सहर पढ्न गएकी छे
अब कहिल्यै गाउँ फर्कँदिनँ"
बिर्सने कोसिसमा
सम्झना झन् गाढा हुँदोरहेछ।
कविता : हबेली एक कथा

ट्याग: आलोक कोईराला
आफ्नो विचार राख्नुहोस्!
अहिले नै लगइन गरेर तपाईंको प्रतिक्रिया दिनुहोस् र संवादमा सहभागी बन्नुहोस्।
पहिलो पटक हो?

