साहित्यपोस्ट-नपढी सुखै छैन...

कविता : घाट र ब्लुज

कविता : घाट र ब्लुज

म ‘Psychopath’ नहुँदो हुँ त

मैले पनि भन्थेँ होला

घाटमा के खोज्दै भौतारिएको होला !

कि त्यो मान्छे ‘Psychopath’ हो !

हो

म ‘Psychopath’ हुँ

मैले घाटमा सबथोक भेट्छु

फूलको सुवास सुँघ्छु

नदीको वेग थाम्छु

ढुङ्गाहरूको विशाल सभा देख्छु

आगोको क्रान्तिकारी विचार सुन्छु ।

हो

म ‘Psychopath’ हुँ

मैले घाटमा लासहरूको मीठो साङ्गीतिक राग सुन्छु

विभिन्न थरीका नाचहरू देख्छु

सँगसँगै म पनि नाच्छु ।

कामवासनामा लिप्त भएको देख्छु

निर्धक्क सम्भोग गरिरहेको देख्छु ।

हो

म ‘Psychopath’ हुँ

मैले घाटमा बुद्ध र बुद्धको सन्देश भेट्छु

दार्शनिकका दर्शनहरू भेट्छु

समाजशास्त्र, अर्थशास्त्र र शास्त्र नै शास्त्र पढ्छु

र जीवनको अन्तिम मोक्ष भेट्छु ।

हो

म ‘Psychopath’ हुँ

घाट मन पर्ने

घाटमै संसार देख्ने

घाटमै खुसी हुने

एक कुमार नगरकोटी

अर्को म हुँ !

साझा गर्नुहोस्:

यो पढेर तपाईंलाई कस्तो महसुस भयो?

आफ्नो विचार राख्नुहोस्!

अहिले नै लगइन गरेर तपाईंको प्रतिक्रिया दिनुहोस् र संवादमा सहभागी बन्नुहोस्।

सुजन राना 'ब्लुज'

लेखकको बारेमा

सुजन राना 'ब्लुज'

थप रचनाहरू पढ्नुहोस् →

तनहुँ जिल्लाको भीमाद नगरपालिका ४ का स्थायी बासिन्दा सुजन राना 'ब्लुज' हाल पोखरामा बस्नुहुन्छ । उहाँका कविताहरू विभिन्न मिडियामा प्रकाशित भइरहेका हुन्छन् ।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.