साहित्यपोस्ट-नपढी सुखै छैन...

कविता : घस्रिरहेछ मेरो अपाङ्ग पहाड…

कविता : घस्रिरहेछ मेरो अपाङ्ग पहाड…

शिरमा खिया लागेको श्रीपेच

अनुहारमा इतिहासले चिथोरेका

बर्बरताका काला खतहरू

आँखाभरि भत्किएको आकाश

र लट्ठी टेक्दै हिँडेका बुढा सपनाहरू ।

नसा–नसामा बगिरहेको

अपमान र उपेक्षाको चिसो रगत

छातीभित्र

निकास नपाएका

क्रान्तिका बल्झिरहने घाउहरू ।

खुट्टामुनि चर्किएको भरोसाको माटो

पैतलामा समयले ठोकेका किलाहरू

ओठमा कैदी आवाजहरू

र मनभरि

रोबिन्सन क्रुसोको

डायस्पोरिक तिक्तता बोकेर

गन्तव्यविहीन यात्राको

अर्को अज्ञात घुम्तीमा

घस्रिरहेछ मेरो अपाङ्ग पहाड… ।

साझा गर्नुहोस्:

यो पढेर तपाईंलाई कस्तो महसुस भयो?

आफ्नो विचार राख्नुहोस्!

अहिले नै लगइन गरेर तपाईंको प्रतिक्रिया दिनुहोस् र संवादमा सहभागी बन्नुहोस्।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.