साहित्यपोस्ट डट कम

कविता : घाम र छाया

कविता : घाम र छाया

ध्याउन्ना कतिको पार्नमै छ झ्वाम

विकृति र विसङ्गतिको बढ्दो छ लाम ।

सायद कालो बादल मडारिएर होला

दिनमा पनि यहाँ मलिन छ घाम ।

अनुहारभरि पोतिएको छ चाया

स्वार्थ बढ्दो छ अनि घट्दो छ माया ।

सायद बुढो रुख पनि सुकेर होला

चर्को घाममा पनि पाइँदैन छाया ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.