साहित्यपोस्ट डट कम

कविता : एक फूल जस्तै ऊ पनि

कविता : एक फूल जस्तै ऊ पनि

एक फूल जस्तै ऊ पनि

एक वसन्त त हो ऊ पनि

हरेक ऋतुका लागि बाँच्ने

रम्ने, रमाउने अनि आफूलाई सजाउने ।

एक पिँढी बढाउन उसले पनि त

चुँड्नेहरूलाई के मतलब?

त्यो कसले, कहाँ, कसरी हुर्काए, बढाए अनि सजाए ।

चुँड्नेले त चट्ट चुँड्यो अनि

प्रेममा उपहार भनिदियो

त्यही प्रेमको उत्साहमा

उसलाई फूल जस्तै चुँडेर

बोटलाई झैँ नाङ्गो बनाइदियो ।

मल–जल बिना नै उजाड बनाउने

अनुमति कसले दियो ?

मैले आँसुको जल दिएर रसिलो बनाएको हुँ

रङ्गीन हुनलाई आफ्नो रगत सिँचेको हुँ

माली भएर सोचेको भए त

उसको हरेक रात सिरानी किन भिज्थ्यो होला ?

हेर्नुहोस् ऊ पर

त्यही हो जहाँ फूल जस्तै ओइलाएको

एक जीवन ढलेको छ !

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.