साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका । साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च ।

कविता : ध्वनि / प्रतिध्वनि

कविता : ध्वनि / प्रतिध्वनि

(लघुकविता)

हरेक रात – विक्षिप्त सपुतहरूको

असङ्ख्य सपनाहरूमा

चिहानको माटो र चिताको खरानी

एकसाथ चिच्याइरहेका हुन्छन् ।

जुन चिच्याहटको गुञ्जनमा

अन्धकार रात छिचोलेर फक्रिएका

नयाँ फूलहरूको सुवास

कहाँसम्म सुवासित भयो भन्ने जिज्ञासा छ

र हृदयतः निस्किएका वाचा-कसमहरूमा

कतिसम्म ऊर्जा थपियो भन्ने प्रश्न पनि छ ।

लाग्छ – त्यही प्रश्नले थिचिएका

त्यही चिहान र चिताका वारिसहरूको आँखामा

क्रमशः चिहानको माटो चल्न थालेको छ

आवाजमा चिताको खरानी बोल्न थालेको छ

र सडकमा छरिएको किताब उठाउने हातहरूमा

रगतको टाटो पोल्न थालेको छ ।

मानौँ यो आवाज, प्रश्न र गति नै

मुलुकको भूत पनि हो, भविष्य पनि हो

र वर्तमान पनि हो ।

साझा गर्नुहोस्:
साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका । साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च ।
शब्द मिडिया प्रा. लि. काैशलटार चाेक, भक्तपुर
सञ्चार रजिष्टरको कार्यालय दर्ता नं. ०००३६
प्रेस काउन्सिल दर्ता नं. ००७१४
फोन नंः: ९८५१०९७८८८
अश्विनी कोइराला
प्रधानसम्पादक
कृष्ण ढुङ्गेल
सम्पादक
प्रकाश पौडेल "माइला"
सर्वज्ञ वाग्ले
संरक्षक

लेख रचना पठाउन : यहाँबाट पठाउनुहोस् sahityapost2020@gmail.com

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.