साहित्यपोस्ट-नपढी सुखै छैन...

कविता : ढोग

कविता : ढोग

भगवानसँग हात मिलाएपछि

मैले छोरीको गोडा ढोगेँ ।

तिम्रो चरणमा के राखेकी छौ ?

संसार? भगवान्? कि दास ?

आफूबाट आफैँलाई उत्सर्ग गरेको म

कसको चरणमा शिर राखौँ ?

अनेक धुलोमैलो कुल्चेका तिम्रा पाउमा ?

कि अनेक थिचोमिचो सम्याएका भगवान्‌का पाउमा ?

स्नेहको लात्तीले बारबार आमाको पेटमा

भ्रूणबाटै “म तिमीमै छु” भनी सङ्केत दिने पाउहरूमा

मैले मेरो शिर अर्पेको छु ।

भगवान्‌का पाउहरूमा

मेरो भक्ति होला

मेरो सम्मान होला

मेरो समर्पण होला ।

तर, मेरो छोरीको पाउमा

मेरो शिर हुनेछ।

भगवानसँग हात मिलाएपछि

मैले छोरीको गोडा ढोगेँ ।

साझा गर्नुहोस्:

यो पढेर तपाईंलाई कस्तो महसुस भयो?

आफ्नो विचार राख्नुहोस्!

अहिले नै लगइन गरेर तपाईंको प्रतिक्रिया दिनुहोस् र संवादमा सहभागी बन्नुहोस्।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.