साहित्यपोस्ट डट कम

कविता : देह–विलीन

कविता : देह–विलीन

तिम्रो त्यो रूप

त्यो अहङ्कारको पर्दा

आज मेरै अघि च्यातिनेछ

गफको महल ठड्याउने तिम्रो त्यो बानी

आज मेरो स्पर्शसँगै भुइँमा ढल्नेछ ।

भन्छौ नि तिमी— मलाई कसले रोक्छ ?

आज मेरो तृष्णाको ज्वाला निभाउन

तिम्रो त्यो कठोरता

त्यो पुरुषार्थको धाक

मेरै अँगालोको बन्धनमा पग्लनेछ ।

आऊ

नखोल अब कुनै बहानाको ढोका

सिधै मेरो शरीरको आँधीमा ठोक्किएर हेर

अनि, के मेरो यो भोको प्यास मेट्न सक्छौ ?

आफ्नो सामर्थ्यको सीमा एक पटक देखाऊ ।

जब म तिम्रो शरीरलाई आफ्नो तालमा नचाउँछु

तिम्रो सारा संयम, सबै नियन्त्रण टुट्नेछ

मेरो यो पागलपनको गति र शरीरको घर्षणले

तिम्रो त्यो मर्दानीको भ्रम टुट्नेछ ।

पसिनाले भिजेका शरीरका लहरहरूमा

जब तिमी पूर्ण रूपमा मभित्रै हराउनेछौ

“हारेँ प्रिय” भन्दै

जब तिम्रो सारा गर्व ढल्नेछ

तब मात्र तिमीले वास्तविक मालिकलाई चिन्नेछौ ।

तिम्रो त्यो तातो आवेग

मेरो गहिराइमा जब फुट्नेछ

तब बल्ल तिम्रो सारा धैर्यको धागो टुट्नेछ

जसलाई तिमी आफ्नो साम्राज्य ठान्थ्यौ

आज त्यो साम्राज्य मेरै अगाडि लुटिनेछ ।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.