साहित्यपोस्ट डट कम

कविता : दरपिठ

कविता : दरपिठ

लघुकविता

कसैले आफू मर्न पाऊँ भनेर

निवेदन गरे पनि

यदि दरपिठ भयो भने

यसको अर्थ लाग्छ कि

ऊ बाँच्न योग्य छ

र कसैले बाँच्न पाऊँ भनेर

निवेदन गरे पनि

यदि दरपिठ भयो भने

ऊ मर्न योग्य छ

जसलाई जसले जसरी बुझे पनि हुने

कसैलाई थाहा नभएको

अचानक समयको कठघरामा

कस्तो दरपिठको हुरी आयो

थाहा छैन यो उत्थानको प्रतिष्ठा हो

या विनाशको लडाइँ

समयको बेग थेग्न नसक्दा

वर्तमान मौन बसे पनि

भविष्य चुप लागेर बस्नेछैन

समय आएपछि ऊ अवश्य बोल्नेछ

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.