(व्यङ्ग्य कविता)
चुनाव आयो घर-गाउँ डुल्दै
नेता करायो दुई हात जोड्दै ।
गर्दैछ बाचा अति शिष्टताले
भर्दैछ आश्वासन मिष्टताले ।
लौ फेरि मीठो सपना सुनायो
संसार सारा गफ चुत्न थाल्यो ।
जिब्रो चलायो कति मस्त पार्यो
नेता रमायो कति मस्त छायो ।
भन्दैछ उसले मत देऊ फेरि
सके-नसक्दो अझ लुट्छु सोहोरी ।
सानो तिनोमै कति जात फाल्नु
नेता करायो अति जोड जोड ।
जता फकायो त्यहिँ लौ भुलायो
जता रसायो त्यहिँ आँसु लायो ।
हामीहरूमा पनि छैन ज्ञान
हाम्रो खराबी पनि भाइ जान ।

