साहित्यपोस्ट डट कम

कविता : छातीमा नेपाल राखेर बोलिरहेछु

कविता : छातीमा नेपाल राखेर बोलिरहेछु

शिखरको शिरदेखि बगेको पानी जस्तो

ईश्वरको शाश्वत वाणी जस्तो

प्रकृतिको विशुद्ध सत्य ध्वनि

मेरो देशको आवाज हो

नेपाली हूँ छातीमा नेपाल राखेर

म त्यही आवाज बोलिरहेको छु

आगो निलेर आगो नै ओकल्ने

वीरको सन्तान हूँ

अङ्गार भएर जुट्नुको के अर्थ हुन्छ

सगरमाथा तिमी ढलेछौ भने

मेरो देश भनेर

मैले उठ्नुको के अर्थ हुन्छ

बुद्धले झोला थापे पनि मागेको थिएन

बलभद्रले किल्ला छाडे पनि भागेको थिएन

चन्द्र–सूर्य ग्रहणमा परे पनि हराएको हुन्न

आवाज उच्च भए पनि उपदेश कराएको हुन्न

नेपाली हूँ कर्ममा इमान रहुञ्जेल

कसैको अवरोध र प्रहारसँग डराएको हुन्न ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.