साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका । साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च ।

कविता : बोनसाई

कविता : बोनसाई

सौन्दर्यविलासी मनमा

प्रकृतिको

प्राकृतिकतामाथि

नियन्त्रण गर्ने प्रतापी प्रवृत्ति ।

विशाल रुखहरूका वर्द्धमान शरीरमा

प्रबल शक्तिको अवरोधित प्राचीर ।

सनातनी रुखहरू

बाउन्ने हुन जान्छन्

बिस्तारै हराउँदै जान्छन्

रुखहरूका रूप र यौवन

नासिन लाग्छ उर्वरता ।

प्रतापी सौन्दर्यविलासमा

एउटा सानो गमलामा जीवित भइरहन्छन्

गतिरुद्ध गरिएका रुखहरू

लामा सुस्केराका बीचैमा ।

मूल असमिया: दिक्षिता भूञा

अनुवाद: डा. देवेन सापकोटा

साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका । साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च ।
शब्द मिडिया प्रा. लि. काैशलटार चाेक, भक्तपुर
सञ्चार रजिष्टरको कार्यालय दर्ता नं. ०००३६
प्रेस काउन्सिल दर्ता नं. ००७१४
फोन नंः: ९८५१०९७८८८
अश्विनी कोइराला
प्रधानसम्पादक
कृष्ण ढुङ्गेल
सम्पादक
प्रकाश पौडेल "माइला"
सर्वज्ञ वाग्ले
संरक्षक

लेख रचना पठाउन : यहाँबाट पठाउनुहोस् sahityapost2020@gmail.com

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.