साहित्यपोस्ट डट कम

कविता : विष्टको !

कविता : विष्टको !

काम कहाँ ?

अफिसमा ।

अफिस कसको ?

कर्मचारीको ।

कर्मचारी कसको ?

विष्टको ।

पूजा कहाँ ?

मन्दिरमा ।

मन्दिर कसको ?

पुजारीको ।

पुजारी कसको ?

विष्टको ।

सुरक्षा केमा ?

प्रहरीमा ।

प्रहरी कसको ?

कानुनको ।

कानुन कसको ?

विष्टको।

न्याय कहाँ ?

अदालतमा ।

अदालत कसको ?

न्यायाधीशको ।

न्यायाधीश कसको ?

विष्टको।

राजनीति केको ?

भोटको ।

भोट कसको ?

गणतन्त्रको ।

गणतन्त्र कसको ?

विष्टको ।

जनता कहाँ ?

गाउँ–सहरमा ।

गाउँ–सहर कसको ?

देशको ।

देश कसको ?

विष्टको ।

म के गरूँ ?

म कहाँ जाऊँ ?

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.