पहिचानको डाँडो
आधार र आवासको आभा
उघारेर लेक–बेँसी
पृथ्वीको फन्को बनेको।
फोक्सोमा जडित
नागवेली बाटो उक्लन्छ
चिहानमाथि परसम्म
गर्व गर्ने अज्ञान परिवेश !
एक रूपमा विकास ?
अज्ञात भू–स्वरूप
ज्ञानशून्य वैभवको
विनाशमा गर्व ?
अस्तित्व रक्षा तिरस्कार !
पञ्चक्लेशको घडा लिई
मौलिक बन्ने चेष्टा
धिक्कार छ !
जीवन फुल्ने पर्यामा
विनाशको बिउ छर्दै
बाँचेकोमा हर्षबढाइँ
निरर्थक लाग्दैन ?

