श्री भवानी नेपाल
कठपुतली यो खेलौना
कागजको फूलझैँ ।
बुख्याचा यो बारीको
सधैँ एक्लो एक्लो ।
न बन्यो सहारा
न बन्न सक्यो सारथि ।
बालुवाको घरझैँ
ढल्यो भक्लक् भक्लक् ।
खोज्छ बन्न पहरेदार
गर्न खोज्छ निगरानी ।
न बन्यो ऊ कसैको
न कोही बन्यो उसको ।
फिक्का फिक्का फिक्का
खल्लो खल्लो खल्लो ।
खै कस्तो भो सम्बन्ध ?
खै कस्तो भो यो रङ्ग ?
छ भनुँ त के छ ?
छ भनुँ त को छ ?
एक्लो एक्लो एक्लो
मनको सधैँ एक्लो ।
पोलिरहने छाती,
दुखाइरहने साथी।
छ को छ यो दुनियाँमा ?
थियो को थियो यो दुनियाँमा ?
एक्लो एक्लो एक्लो
यो संसार हो एक भ्रम ।
सधैँ एक्लो एक्लो
यो माया–मोह भूल हो !

