साहित्यपोस्ट डट कम

कविता : भूल

कविता : भूल

श्री भवानी नेपाल

कठपुतली यो खेलौना

कागजको फूलझैँ ।

बुख्याचा यो बारीको

सधैँ एक्लो एक्लो ।

न बन्यो सहारा

न बन्न सक्यो सारथि ।

बालुवाको घरझैँ

ढल्यो भक्लक् भक्लक् ।

खोज्छ बन्न पहरेदार

गर्न खोज्छ निगरानी ।

न बन्यो ऊ कसैको

न कोही बन्यो उसको ।

फिक्का फिक्का फिक्का

खल्लो खल्लो खल्लो ।

खै कस्तो भो सम्बन्ध ?

खै कस्तो भो यो रङ्ग ?

छ भनुँ त के छ ?

छ भनुँ त को छ ?

एक्लो एक्लो एक्लो

मनको सधैँ एक्लो ।

पोलिरहने छाती,

दुखाइरहने साथी।

छ को छ यो दुनियाँमा ?

थियो को थियो यो दुनियाँमा ?

एक्लो एक्लो एक्लो

यो संसार हो एक भ्रम ।

सधैँ एक्लो एक्लो

यो माया–मोह भूल हो !

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.