साहित्यपोस्ट-नपढी सुखै छैन...

कविता : भट्केको आत्मा

कविता : भट्केको आत्मा

यो मानव सरिरबाट निस्किएको आत्मा

चारै दिशामा भट्कि रहेको छ,

आफ्नो गन्तव्य खोज्नका निम्ति

सबै कुनमा भौतारि रहेको छ।

कुन कुनामा गएर विश्राम गर्छ?

कहाँ गएर बाटो मोड्छ?

उसको आत्माले शान्ति कहिले पाउँछ?

थाहा छैन् उसलाई,

निरन्तर चलि रहेको छ।

बाटो उसले देखेको छैन

त्यहा पुग्छ वा पुग्न सक्छ

त्यसको केही पत्तो छैन

तर पनि अघि बढि रहेको छ…।

साझा गर्नुहोस्:

यो पढेर तपाईंलाई कस्तो महसुस भयो?

आफ्नो विचार राख्नुहोस्!

अहिले नै लगइन गरेर तपाईंको प्रतिक्रिया दिनुहोस् र संवादमा सहभागी बन्नुहोस्।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.