साहित्यपोस्ट-नपढी सुखै छैन...

कविता : भाषासेवक

कविता : भाषासेवक

मेरो खुसी हो म खुलेर लेख्छु
भाषा सिकाई लफडा नगर्नुस् ।
बुझे त भैहाल्छ नि भावलाई
भन्नेहरू छन् अब भानुभक्त ।।

मनाउँदै छन् अहिले जयन्ती
प्रज्ञाप्रतिष्ठान जुटेर जन्ती ।
नमन्ति खादन्ति पदानि सन्ति
जरा उखेल्ने दलको छ खन्ती ।।

भाषा कसैको पनि हैन पेवा
बिगार्न जाने अझ बढ्छ मेवा ।
छन् प्राज्ञ देशैभरि गर्न रक्षा
जिम्मा यिनैमाथि छ राष्ट्रसेवा ।।

नारायण नेपाल

साझा गर्नुहोस्:

यो पढेर तपाईंलाई कस्तो महसुस भयो?

आफ्नो विचार राख्नुहोस्!

अहिले नै लगइन गरेर तपाईंको प्रतिक्रिया दिनुहोस् र संवादमा सहभागी बन्नुहोस्।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.