साहित्यपोस्ट डट कम

कविता : बसाइँ

कविता : बसाइँ

पहाडै छोडी म बसाइँ सर्दा यो मन त सर्दै सरेन

पहाडै छोडी म तराई झर्दा यो मन त झर्दै झरेन

मायालाई सम्झी पर्खेर बस्दा माया त आउँदै आएन

मायालाई सम्झी साँचेर ल्याउँदा माया त खाँदै खाएन

गाउँघरै छोडी शहरै बस्दा यो माया बस्दै बसेन

घरबारै जोडी जाउँ मायाभन्दा यो माया पस्दै पसेन

सुखलाई छोडी दुःखलाई रोज्दा यो माया बुझ्‌दै बुझेन

ईश्वरलाई छोडी मायालाई पुज्दा यो माया पुज्दै पुजेन

आँशुलाई रोकी हाँसोलाई रोज्दा यो माया रोज्दै रोजेन

उही आउने बाटो हेरेर बस्दा मायाले खोज्दै खोजेन

संसारै डुली मायालाई खोज्दा मैले त भेट्दै भेटिनँ

संसारै भुली मायालाई रोज्दा यो तिर्खा मेट्दै मेटिनँ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.