धमिराको गुँडभित्र
धमिरो चुपचाप बसिरहे
जस्तै
मेरो मनभित्र एउटा डर
पसेर बसिरहेको छ ।
यो डरले
छातीमा ठक्कर हान्छ
साउनको ओसिलो वर्षाले
दुई आँखामा भेल ल्याउँछ ।
शासनको लगामले
मनलाई घायल बनाउँछ ।
कहिलेकाहीँ आमालाई
सम्झिन्छु
जङ्गल, पहाड
र अरण्यले
छातीमा चिहान बनाउँछन् ।
रूख, वन र नदीले
कङ्क्रिटको पर्खालमा
राती आँसु चुहाउँछन् ।
एउटा डर मनमा बसिरहन्छ
कहिलेकाहीँ अघि
कहिलेकाहीँ पछि ।
जबसम्म डर रहन्छ
तबसम्म पृथ्वी
नाप्ने
मेरा आँखाहरू
केवल तिनीहरूकै भइरहन्छन् ।
हरियाली जङ्गल
नदीको छङछङ ध्वनि
अनि भिजेको भूमिको महकमा
तिनीहरूको
स्वामित्व…
मूल असमिया: अभिजित दत्त
अनुवाद: डा. देवेन सापकोटा

