साहित्यपोस्ट डट कम

कविता : अङ्कुश

कविता : अङ्कुश

धमिराको गुँडभित्र

धमिरो चुपचाप बसिरहे

जस्तै

मेरो मनभित्र एउटा डर

पसेर बसिरहेको छ ।

यो डरले

छातीमा ठक्कर हान्छ

साउनको ओसिलो वर्षाले

दुई आँखामा भेल ल्याउँछ ।

शासनको लगामले

मनलाई घायल बनाउँछ ।

कहिलेकाहीँ आमालाई

सम्झिन्छु

जङ्गल, पहाड

र अरण्यले

छातीमा चिहान बनाउँछन् ।

रूख, वन र नदीले

कङ्क्रिटको पर्खालमा

राती आँसु चुहाउँछन् ।

एउटा डर मनमा बसिरहन्छ

कहिलेकाहीँ अघि

कहिलेकाहीँ पछि ।

जबसम्म डर रहन्छ

तबसम्म पृथ्वी

नाप्ने

मेरा आँखाहरू

केवल तिनीहरूकै भइरहन्छन् ।

हरियाली जङ्गल

नदीको छङछङ ध्वनि

अनि भिजेको भूमिको महकमा

तिनीहरूको

स्वामित्व…

मूल असमिया: अभिजित दत्त

अनुवाद: डा. देवेन सापकोटा

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.