साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका । साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च ।

कविता : अमूर्त उपस्थिति

कविता : अमूर्त उपस्थिति

मृत्यु– एक मौन चित्रकार

सूर्यका अन्तिम रङहरू आकाशमा छ्याप्दै बुनिरहेको छ

तर कहिल्यै फेरि उस्तै उज्यालो झल्काउँदैन।

जसरी जानेहरू फर्किँदैनन्

त्यसरी केही क्षणहरू, अवसरहरू, समयका छायाहरू

एकपटक बग्यो भने कहिल्यै उस्तै हुँदैन ।

तर उनीहरूको हाँसो अझै हावामा झुलिरहेको छ

झरेका पातमा, माटोको छालमा

समयको अधूरो सुईमा टाँसिएको ।

सन्नाटा सागरको लहरमा घुम्छ

हाम्रो रगतको धारा हुँदै

सपना र बिहानीको सीमामा

अदृश्य सन्देशहरू टल्किन्छन् ।

मृत्यु सुन्दर छ कि छैन ?

शायद त्यो आँखाले मात्र देख्न सक्ने जादु हो ।

तर जानेहरूलाई सम्झँदा

यो सौन्दर्य दुःखको समुद्रमा पनि नाच्छ

जसरी रात र चन्द्रमा

सधैँ टाढा भए पनि

एकअर्कामा प्रतिबिम्बित ।

जानेहरू फर्किएनन्

तर हामीले छोएका पातहरू

हावामा हल्लिँदै

श्वास र मौनको बीचमा

उनीहरूको उपस्थिति फूलझैँ फुलिरहेको छ ।

र मृत्यु शान्त, गहिरो, अमर

समयको नदीमा आफ्नै गीत गाइरहेछ

हामी सुनिरहन्छौँ

छायाको मुलायम स्पर्शमा

हावाको फुसफुसाहटमा

अदृश्य, अमूर्त र अमर ।

साझा गर्नुहोस्:
साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका । साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च ।
शब्द मिडिया प्रा. लि. काैशलटार चाेक, भक्तपुर
सञ्चार रजिष्टरको कार्यालय दर्ता नं. ०००३६
प्रेस काउन्सिल दर्ता नं. ००७१४
फोन नंः: ९८५१०९७८८८
अश्विनी कोइराला
प्रधानसम्पादक
कृष्ण ढुङ्गेल
सम्पादक
प्रकाश पौडेल "माइला"
सर्वज्ञ वाग्ले
संरक्षक

लेख रचना पठाउन : यहाँबाट पठाउनुहोस् sahityapost2020@gmail.com

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.