साहित्यपोस्ट डट कम

कविता : अक्सर

कविता : अक्सर

अक्सर म

अखबारहरूमा, टेलिभिजनमा

र आफ्नै अक्षरहरूमा पनि पढ्दथेँ

देश दुखेको कविता

देश राेएको कविता ।

तर आज म

पर अलिकति उज्यालो देखिरहेछु

त्यो प्रकाशकै गतिले फैलियोस्

म फेरि कविताहरू पढौँ खुसीले

नानीहरूको

यो प्रिय भूगोलमा ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.