आफैँले रोजेको बाटो सही हुन्छ
दुनियाँले देखाएको बाटोभन्दा !
हुँदैन ठुलो कुनै पनि धन
देशको पवित्र माटोभन्दा !
हृदयमा बसेको छ धुन तिम्रो !
कसरी चुकाउने होला गुन तिम्रो !
तिमीले दिएको हरेक ममता काम आउनेछ !
देशले रगत मागे सुरुमै मेरो नाम आउनेछ !
तिम्रा ध्वनिहरू कत्ति प्रिय छन् सुनेर त हेर !
हाँसीहाँसी मृत्यु नै अङ्गालौँला तिमी बुनेर त हेर !
आफैँले रोजेको बाटो सही हुन्छ
दुनियाँले देखाएको बाटोभन्दा !
हुँदैन ठुलो कुनै पनि धन
देशको पवित्र माटोभन्दा !


