साहित्यपोस्ट डट कम

कविता : आलु के भन्छ ?

कविता : आलु के भन्छ ?

आलु भन्छ माटामुनि फल्ने जात म हुँ

मान्छेको मन सधैँभरि खुसी बनाइरहूँ ।

माटो बाहिर निस्केँ भने रूप फेर्ने गर्छु

खाँदा हुन्छ मुखै तीतो निलो हुने गर्छु ।

अनुहार उज्यालिन्छ बोक्रा खाँदा पनि

भान्साकोठा शोभा बढ्छ मैले गर्दा पनि ।

धेरै थरी परिकार बनाउने गर

सङ्क्रमण हुन सक्छ जोगाउने गर ।

माटो खनी झारपात जिलाउनुपर्छ

मात्रा मिलाई मल-माटो दिलाउनुपर्छ ।

गड्यौलाले हेरेपछि सहयोग गर्ने गर्छन्

मलहरू बढाएर मलाई भर्ने गर्छन् ।

सानातिना कीटाणुले खान आएपछि

भगाउँछु विषादीको साथ पाएपछि ।

धेरै चर्को घामले पनि खाउँलाझैँ गर्छ

माटोमुनि पुरि राख जोगाउनुपर्छ ।

मलजल गरिराख हरियाली बारी

यताउता जाने छैन समस्यामा पारी ।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.