साहित्यपोस्ट डट कम

कविता : ५० परिक्रमा

कविता : ५० परिक्रमा

रुखहरू निहुरिरहेका छन्

निहुरेका रुखहरूले छुन खोजिरहेका छन् भूमिलाई ।

भूमिले छुन खोजिरहेका छन् रुखका जरालाई,

जराहरूले पानीलाई ।

पानीले आकाशलाई ।

आकाशले वर्षा बनेर या सूर्यको प्रकाशद्वारा छोइरहन्छ

रुखको फल–फूल–हाँगा–पात र शरीरलाई ।

यसरी नै रुखहरू निहुरिरहन्छन्

मानिसहरू मरिरहन्छन् ।

मूल असमिया : वैद्य ब्राइट बुढागोहाइँ

अनुवाद: डा. देवेन सापकोटा

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.