१
महिना बित्दैछन्
सम्झेर खुसियाली आउने
अप्ठ्यारा आउँछन् झन् ।
२
सवार भएर आयौ
ट्वाक्क-ट्वाक्क तिमी
चारैतिर छलपस्टै छायौ ।
३
बिन्दुभन्दा पर
पुगेछन् पाउ तिम्रा
आफ्नो हैसियतमा झर ।
४
तिम्रो अहङ्कारको हार
बुझ मित्रहरू गहिरिएर
उमेरदेखि हुँदैछ पार ।
५
मान र बेइमान
हुन्छन् दुई यहाँ
रोप्छौँ गमलामा धान ।
६
खासम्म खायौ
देश दुनियाँ तिमीले
अहिले फल पायौ ।
७
नि शब्द हुनुपर्दैन झुक्याएर
समीक्षा गर एक पटक
आफ्नै विगत सम्झिएर ।
८
बैगुनीको गुन तिर्न
जानेछन् जनताले पनि
आफ्ना दिन फिर्न ।
९
आकास–पातालको फरक
भयौ कसरी अचानक
सुन्दा जिउ जुरक ।
१०
सुरमा बेसुर भयौ
चाहिनेभन्दा धेरै
अरालातिर गयौ ।
११
बीउ चिलाउनेको छरेर
खोजिरहेछौ तिमी सुन्तला
जनताको नजरमा मरेर ।

