साहित्यपोस्ट डट कम

जरिमैयाँ र कुमार साखः लुमन्ति पुरस्कार प्रदान

जरिमैयाँ र कुमार साखः लुमन्ति पुरस्कार प्रदान

भक्तपुर । नेपाल साहित्य मन्दिर को आयोजनामा आयोजित एक समारोहमा जरिमैयाँ साखः लुमन्ति पुरस्कार तथा कुमार साखः लुमन्ति पुरस्कार प्रदान गरिएको छ ।

कवि योगेन्द्र प्रधान को प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा समालोचक प्रेमहिरा तुलाधर र स्रष्टा रास जोशी लाई जनही नगद १० हजार रुपैयाँसहित दोसल्ला र सम्मानपत्र प्रदान गरी सम्मानित गरिएको हो ।

नेपालभाषा साहित्यका विविध क्षेत्रमा मौलिक लेखन, अनुसन्धान तथा साहित्यिक गतिविधिमार्फत योगदान पुर्‍याउने स्रष्टाहरूलाई हरेक वर्ष यस पुरस्कारबाट सम्मानित गरिँदै आएको छ ।

कार्यक्रममा प्रमुख अतिथि योगेन्द्र प्रधान ले भक्तपुरको पुरानो साहित्यिक संस्थाले विभिन्न विधाका स्रष्टालाई सम्मान गर्दै आएको कार्य सराहनीय भएको बताउनुभयो ।

मन्दिरका अध्यक्ष माणिकबाबु ग्वंग ले साहित्यिक क्षेत्रको विकासका लागि स्रष्टाहरूलाई सम्मान गर्नु र निरन्तर साहित्यिक गतिविधि सञ्चालन गर्नु आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

त्यसैगरी, मन्दिरका उपाध्यक्ष उत्तम मल्ल ले पुरस्कृत स्रष्टाहरूको परिचय प्रस्तुत गर्नुभएको थियो भने पुरस्कार छनोट प्रक्रियाबारे प्रा. चुन्दा बज्राचार्य ले जानकारी दिनुभएको थियो ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.