साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका । साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च ।

जगत भण्डारी तीन मुक्तक

जगत भण्डारी तीन मुक्तक

भित्रभित्रै जलाइदिन्छ तिम्रो हँसिलो मुहारले

सम्हाल्न नपाई ढलाइदिन्छ तिम्रो हँसिलो मुहारले ।

रम्भा हौ तिमी, तिलोत्तमा हौ या उर्वशी, को हौ तिमी ?

हिँड्दा–हिँड्दै गलाइदिन्छ तिम्रो हँसिलो मुहारले !

सम्बन्धको डोरी हजुर, कहिले टुट्न हुन्न

साथीभाइ, इष्टमित्र कहिले छुट्न हुन्न ।

एकबारको जीवन हो, प्रेम–स्नेह बाँड्दै जाऊ

निर्दोष निमुखालाई कठै, कहिले लुट्न हुन्न !

चाहना नै सबथोक होइन रहेछ जिन्दगीमा

भोजनभन्दा नि भोक ठुलो रहेछ जिन्दगीमा ।

जीवनको हरेक दृष्टिले हेरे पनि समानता नपाइने

भित्रभित्रै उसै गलाइदिने शोक रहेछ जिन्दगीमा !

साझा गर्नुहोस्:
साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका । साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च ।
शब्द मिडिया प्रा. लि. काैशलटार चाेक, भक्तपुर
सञ्चार रजिष्टरको कार्यालय दर्ता नं. ०००३६
प्रेस काउन्सिल दर्ता नं. ००७१४
फोन नंः: ९८५१०९७८८८
अश्विनी कोइराला
प्रधानसम्पादक
कृष्ण ढुङ्गेल
सम्पादक
प्रकाश पौडेल "माइला"
सर्वज्ञ वाग्ले
संरक्षक

लेख रचना पठाउन : यहाँबाट पठाउनुहोस् sahityapost2020@gmail.com

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.