साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका । साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च ।

निर्दोष जीवनको ‘प्रेमको सुगन्ध’ आउँदै

निर्दोष जीवनको ‘प्रेमको सुगन्ध’ आउँदै

भरतपुर । लेखक निर्दोष जीवनको नयाँ कृति ‘प्रेमको सुगन्ध’ प्रकाशनको तयारीमा रहेको छ। दुई सय मुक्तक समेटिएको उक्त कृतिलाई गजल मञ्च चितवनले प्रकाशन गर्न लागेको हो।

साहित्य लेखनसँगै गायन र सङ्गीतमा समेत रुचि राख्ने निर्दोष जीवन तीनवटै विधामा सक्रिय स्रष्टाका रूपमा परिचित हुुनुहुन्छ । गीत र मुक्तकबाट साहित्यिक यात्रा सुरु गर्नुभएकाे उहाँको पहिलो कृति ‘आशीर्वाद’ (गीत, मुक्तक र हाइकू सङ्ग्रह) हो।

यसअघि उहाँका ‘नयाँ जीवन’, ‘प्रार्थना’, ‘मैयाँ’, ‘कोर्राको चोट’, ‘फस्ट लभ’, ‘प्रिय साथी’, ‘मेरो गीत’ र ‘नोस्टाल्जिया’ गरी नौ कृति प्रकाशित भइसकेका छन्।

नयाँ कृति ‘प्रेमको सुगन्ध’ ले मुक्तक विधामा लेखकको निरन्तर सक्रियता र सिर्जनात्मक यात्रालाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

साझा गर्नुहोस्:
साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका । साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च ।
शब्द मिडिया प्रा. लि. काैशलटार चाेक, भक्तपुर
सञ्चार रजिष्टरको कार्यालय दर्ता नं. ०००३६
प्रेस काउन्सिल दर्ता नं. ००७१४
फोन नंः: ९८५१०९७८८८
अश्विनी कोइराला
प्रधानसम्पादक
कृष्ण ढुङ्गेल
सम्पादक
प्रकाश पौडेल "माइला"
सर्वज्ञ वाग्ले
संरक्षक

लेख रचना पठाउन : यहाँबाट पठाउनुहोस् sahityapost2020@gmail.com

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.