काठमाडौं । दिवंगत कवि, निबन्धकार, पत्रकार तथा सांस्कृतिक अध्येता सुरेश किरणको ‘हाय राजमती’ नामक सांस्कृतिक निबन्ध संग्रह बजारमा आएको छ ।
Imprint Publishers ले निबन्धकारको निधन भएको ४५औँ दिन (९ वैशाख) को सन्दर्भ पारेर कृति प्रकाशन गरेको हो ।
गोविन्द गिरी प्रेरणाद्वारा सम्पादित उक्त संग्रहमा जात्रा, भूमि, बाजा र जाति, विस्तारित भूमि र विविध गरी पाँच खण्डमा २४ वटा निबन्ध समेटिएका छन् । कृतिमा विशेषगरी नेवार समुदायको सभ्यता, संस्कृति, चालचलन तथा Kathmandu, Bhaktapur र Lalitpur सँग सम्बन्धित जात्रापर्वहरूको ऐतिहासिक महत्त्वलाई तथ्यपरक रूपमा प्रस्तुत गरिएको छ ।
१ सय ८८ पृष्ठको यस कृतिको मूल्य ५ सय ३९ रुपैयाँ निर्धारण गरिएको छ । निबन्धकार सुरेश किरणको २०८२ साल फागुन २५ गते निधन भएको थियो ।

