काठमाडौं । एक थिएटर नेपालको प्रस्तुति नाटक ‘स्याल सिंह’ आगामी असार ५ गतेदेखि मञ्चन हुने भएको छ ।
कक्षा ८ को अनिवार्य नेपाली पाठ्यक्रममा समावेश उक्त कथामा आधारित नाटकको निर्देशन तथा परिकल्पना तिर्थराज विश्वकर्माले गर्नुभएको हो ।
एक थिएटर नेपालका अनुसार नाटकले वर्तमान समाजमा क्रमशः हराउँदै गएको मानवीय भावना, संवेदना र सामाजिक सम्बन्धलाई केन्द्रमा राखेर कथा प्रस्तुत गर्ने प्रयास गरेको छ ।
नाटकमा सोनम तामाङ, सविन थामी, विशाल शाही, सेर्मो तामाङ, सुस्मिता गुरुङ, प्रकाश काक्री र स्काई राईको अभिनय रहनेछ ।

