साहित्यपोस्ट डट कम

हाङओजा थेगिमको ‘रातसँगै पलाएको सपना’ लोकार्पण

हाङओजा थेगिमको ‘रातसँगै पलाएको सपना’ लोकार्पण

झापा । कवि हाङओजा थेगिमको नयाँ कविता सङ्ग्रह ‘रातसँगै पलाएको सपना’ लोकार्पण भएको छ । सताक्षीधाम साहित्य सङ्गमको आयोजनामा दुधेस्थित नेपाल आदिवासी जनजाति महासंघको भवनमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रम उमानाथ दहालको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथि साहित्यकार गोविन्दराज भट्टराई रहनुभएको थियो । कृतिमाथि उपन्यासकार मनु योङहाङ र साहित्यकार विन्दु दहालले समीक्षात्मक टिप्पणी प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा आख्यानकार पुण्यप्रसाद खरेल, याक्थुङ प्रज्ञाप्रतिष्ठानका कुलपति राजेन्द्रकुमार जवेगू, प्राज्ञ सुमित्रा वाङदेल ‘चेली’ तथा साहित्य चौतारी विर्तामोडका अध्यक्ष देविभक्त श्रेष्ठलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । सङ्गमका सदस्य श्रीप्रसाद खरेलले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा निर्मला प्रधान, विवेक दुलाल र देविभक्त श्रेष्ठले कृतिबाट कविता वाचन गर्नुभएकाे थियाे । विशेष अतिथि राजेन्द्रकुमार जवेगूले कवि थेगिमकै लिम्बू भाषाको कविता वाचन गर्नुभएकाे थियाे ।

प्रमुख अतिथि गोविन्दराज भट्टराईले कविलाई बधाई दिँदै आगामी दिनमा अझ सशक्त कृतिहरू ल्याउन शुभकामना व्यक्त गर्नुभयो । कृतिकार हाङओजा थेगिमले प्रमुख अतिथि तथा अतिथिहरूलाई ढाकाको टोपी ओढाएर सम्मान गर्नुभएको थियो । वीरेन्द्र थोक्लीहाङले सञ्चालन गर्नुभएको कार्यक्रममा उल्लेख्य सङ्ख्यामा साहित्यकर्मीहरूको उपस्थिति रहेको थियो ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.